4.3kViews
1951
Shares
कृष्ण थापा
चैत ६ /लम्की
रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने घाइते हुनेको सङ्ख्या २५ पुगेको छ ।
बस सडकदेखि १५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताएका छ ।