Skip to content

माओवादी उपाध्यक्ष महरा पक्राउ ; प्रचण्डले बोलाए पदाधिकारी बैठक

कृष्ण थापा
चैत ५ /लम्की
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन् ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा आज बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

बैठकको एजेण्डाबारे केही आएको छैन । अब भोलि बैठकमै थाहा होला ।अर्का एक पदाधिकारीले उपाध्यक्ष महरा पक्राउ परेपछि पार्टीमा आन्तरिक छलफल भएको बताए ।