4.3kViews
1853
Shares
कृष्ण थापा
चैत्र २ /लम्की
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार रहेको कर्णाली चिसापानी सुनसान अवस्थामा छ । फागुन २८ गते वीरगन्जबाट महेन्द्रनगर आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको मालबहाक ट्रकमा आगलागी हुँदा, ट्रकमा लागेको आगोले पुलका केवल र ग्रासमा क्षेती गरेको प्राविधिकको टिमले जनाएको छ । पुलका दायाँ तर्फका ७ वटा केवल र बायाँ तर्फका ७ वटा केवल गरी १४ वटा केवलमा आंशिक क्षेती भएको पुलचोक इन्जिनियरिङ कलेजका प्राध्यापक डा.राजन सुवाले बताएका छन् । डा.सुवालले भने‘‘ हाम्रो टिमले पुलको दायाँ र बायाँ आगोले छोएका १४ वटा केवलको चेकजाँच गरेका छौँ,त्यसमा सामान्य केही क्षेती भएको छ,त्यो सबै बनाउन सकिने खाले भएकाले चिन्ता गर्नु पर्ने अवस्था केही पनि छैन’’।
पुल महाशाखाकाबाट सिनियर इन्जिनियर कृष्ण अधिकारीको नेतृत्वमा आएको टिमले पुलमा भएको क्षेतीको विवरण निकाली रहेको छ । पुलका १४ वटा केवल आगोले जल्दा के कति क्षेती भयो त्यसको लेखाजोखा महाशाखाको टिमले गरिरहेको छ । आगोले जलेका भागहरू ल्याबमा लिएर चेकजाँच गर्ने काम भइरहेको इन्जिनियर कृष्ण अधिकारीले बताएका छन् ।
प्राय जसो भिडभाड भइरहने प्रदेशको प्रवेशद्वार चिसापानी अहिले सुनसान अवस्थामा छ । फागुन २९ गते देखि पूर्व पश्चिम महेन्द्र राजमार्गको चिसापानी भएर गुड्ने सवारी साधनहरूको आवागमन अनिश्चितका लागी बन्द भएको छ । पुलको मर्मत सम्भारको कार्य भइरहेको छ ,तर निकै सुस्त गतिमा मर्मतको कार्य भएको स्थानीय व्यवसायी धुर्व भण्डारीले गुनासो गरेका छन् । भण्डारीले भने ‘‘यही गतिमा मर्मतको काम गयो भने त महिनौँ लाग्ला,प्रविधिकहरुले यति सुस्त गतिमा चेकजाँच गरिरहेका छन्,यो त कछुवा गति भयो’’ ।