Skip to content

माओवादी स्थायी समिति बैठक आज बस्दै

चैत २/काठमाडौँ
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने छ ।
बैठकमा पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विभिन्न विषयमा छलफल हुने छ ।

साथै, आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका केही समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

 

 

 

About The Author