Skip to content

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

फागुन २९/ काठमाडौं
राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन आज हुँदैछ । आज बिहान ११ बजेर ९ मिनेटमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ।

राष्ट्रियसभा सभा अभ्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका शर्माको पक्षमा विपक्ष गठबन्धन बनाउने प्रयास जारी छ ।

About The Author