फागुन १४ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिका कार्य सम्पादन मूल्याकनमा १२ औं स्थानमा परेको छ । कैलालीका १३ वटा स्थानिय तहहरुमा लम्कीचुहा नगरपालिका १९ दशमलव ५१ अङ्क सहित १२ औं स्थानमा परेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गरेको कार्य सम्पादन मुल्यांकनमा गोदावरी नगरपालिका कैलाली जिल्लामा पहिलो भएको छ । गोदावरी नगरपालिकाले ४२ दशमलव ७८ अङ्क पाएको छ घोडाघोडी नगरपालिकाले ४२ शमलव ४३ अङ्क पाएको छ भने वारी गाउँपालिकाले ४१ दशमलव २८ अङ्क पाएको छ ।
त्यस्तै जानकी गाउँपालिकाले ३६ दशमलव ४८ अङ्क, धनगढीले ३५ दशमलव ७३ अङ्क, टीकापुरले ३३ दशमलव ५२ प्रतिशत अङ्क पाएका छन् । अन्य पाँचवटा पालिकाले २८ भन्दा कम अङ्क पाएका छन् । सबै भन्दा कम अङ्क पाएर गौरीगंगा नगरपालिका जिल्लाभित्रै पुछारमा परेको छ । गौरीगंगाले १७ दशमलव ७५ अङ्क मात्रै पाएको छ भने लम्कीचुहा नगरपालिका पुछारबाट दोस्रो भएको हो ।
१७ वटा सूचक बनाएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकन गरेको हो ।आयोगले समयमा बजेट बेरुजु असूल गर्ने, योजना तर्जुमा गर्ने, बजेट र राजश्वको अनुमान गर्ने, विद्यार्थी भर्ना बढाउने, टिकाउने, पूर्ण रुपमा खोप पुऱ्याउने, गर्भवतिको गुणस्तर बढाउने, बालबालिकालाई संस्थामा सुत्करी गराएर आमा र स्वास्थ्य जाँच गराउने, स्वास्थ्य बच्चाको जीवन सुरक्षित बनाउने, समयमा राजश्व र व्ययको अनुमान नगर्ने, बजेट पेश गरी पारित नगर्ने, समिक्षा नगर्ने, कमजोरीहरु सुधार नगर्ने, बेरुजु असूलीमा मतलब नगर्ने, संघीय सरकारबाट पाएको बजेटलाई पहुँचका आधारमा मनपरी बितरण आवश्यकताका आधारमा नभई गर्ने, शिक्षा, स्वास्थ्यको प्रभावकारी प्रबन्ध नगर्ने जस्ता बिषयहरुमा स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकन गरेको थियो ।