Skip to content

सुर्खेतमा मोटरसाइकल र ट्याक्टर ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु

फागुन १३/कैलाली 
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ को जामुने बजारमा आज बेलुकी करिब ६:३० बजे तिर बाइक र ट्याक्टर ठोकिदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाइकमा सवार विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ निवासी वर्ष २९ का विजय राना रहेका छन्।
जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने बजार देखि राकम तर्फ आउँदै गरेको भे १ त ४५ नम्बरको ट्याक्टर बजारमै एक आपसमा ठोकिएको स्थानीयको भनाइ छ ।
मोटरसाइकल चालक विनपा १ निवासी वर्ष २३ का रुपेश गिरिको अवस्था भने चिन्ताजनक रहेको इप्रका वादेपिपल राकमले जनाएको छ ।उपचारका लागि गिरीलाई अहिले सुर्खेत पठाइएको छ । ट्याक्टर ,ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।