Skip to content

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना र सचिवमा ममता चौधरी विजयी

फागुन१२/ सुखड
नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन् । ढुङ्गानाले २८७ मत प्राप्त गरेका छन्,अर्का उम्मेदवार डेजी पाण्डेले २१८ र दुर्गा जोशीले ६३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही निर्वाचित भएका छन्,शाहीले १९३ मत प्राप्त गरेका छन् अर्का उपाध्यक्षका उम्मेदवार दलबहादुर विष्टले १८८,विष्णु बहादुर चौधरीले १०६ र गजेन्द्र बहादुर स्वारले २७ र मदनराज ओझाले ३३ मत प्राप्त गरेका छन् ।

सचिवमा ममता प्रसाद चौधरी विजयी भएका छन् चौधरीले २४३ मत प्राप्त गरे अर्का सचिवका उम्मेदवार विष्णुकुमार चन्दले १६८ र दानबहादुर विश्वकर्माले १४७ मत प्रप्त गरेका छन ।
उपसचिवमा चूडामणि भट्ट विजयी भएका छन्, भट्टले २५१ मत प्राप्त गरेका छन्,अर्का उपसचिवका उम्मेदवार भुवन रिजालले १२३, नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत प्राप्त गरेका छन् ।

उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएकी छन्, चौधरीले १९६ मत प्राप्त गर्दा अर्का उम्मेदवार शान्ति देवी सिंहले १६१,अम्बिका विष्ट मल्लले ९० र रत्ना कुवर जोशीले ९४ मत प्राप्त गरेकी छन् । एमाले कैलाली जिल्ला अधिवेशनमा ५७७ जनाले मतदान गरेका थिए ।

About The Author