फागुन ८ /कैलाली
नेकपा एमाले कैलालीको ९ औँ जिल्ला अधिवेशन सुख डमा जारी छ । नेतृत्वले जिल्लाका नेताहरूलाई मिलाउन नसक्दा नेतृत्वका आकाङ्क्षीहरू बढेको एमाले कैलालीका एक नेताले बताएका छन् । कैलाली जिल्लाको अध्यक्षमा ३ जना उम्मेदवारहरू प्यानल सहित मैदानमा होमिएका छन् । जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञ ढुङ्गाना प्यानल सहित निर्वाचनमा होमिएका हुन ।
टिम दुर्गा
जिल्ला अध्यक्षको उम्मेदवारी दिएका कार्यवाहक अध्यक्ष दुर्गा जोशीको उपाध्यक्षमा उपाध्यक्षमा विष्णु चौधरी,सचिवमा दान बहादुर विश्वकर्मा,उपसचिवमा नृपबहादुर थ्ययत खडका र रत्ना जोशी रहेका छन् ।
टिम डेजी
अध्यक्षका अर्का उम्मेदवार कैलाली सचिव डेजी पाण्डेको उपाध्यक्षमा लोकेन्द्र शाही,सचिवमा ममता चौधरी,उपसचिवमा भुवन रिजाल र शान्ती सिंह रहेका छन् ।
टिम यज्ञ
अध्यक्षका अर्का उम्मेदवार पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञ ढुङ्गानाको उपाध्यक्षमा दलबहादुर विष्ट,सचिवमा विष्णु चन्द,उपसचिवमा चूडामणी भट्ट र अम्बिका विष्टले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अन्योलमा
एमाले कैलालीको ९औँ जिल्ला अधिवेशन फागुन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे,अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वसम्मतका लागी प्रतिनिधीहरुलाई दुख दिने काम नगर्नु भने तर अध्यक्ष ओलीको निर्देशन विपरीत एमाले कैलालीले प्रतिनिधीहरुलाई अन्योल हुने गरी काम गरिरहेको छ ।
जिल्ला अधिवेशनमा आएका प्रतिनिधीहरुमा निर्वाचनको कार्य तालिका नआउँदा अन्योल सिर्जना भएको छ । प्रतिनिधि भएर आएका एक नेताले भने ”केन्द्रीय स्तरका नेताहरुनै विभाजित भएका छन्,एक नेताले अर्को नेतालाई स्वीकार गर्न सकने परिस्थिति बनेन जसले गर्दा अहिले सम्म निर्वाचन कतिखेरबाट हुन्छ भन्ने प्रतिनिधीहरुमा अन्योल सिर्जना भएको छ,घर जाऔँ भने प्रतिनिधि भएर आएको छु, घर नजाऔँ भने खाली बसेर के गरौँ” संघीय न्युज सँगको संवादमा ति प्रतिनिधिले दुखेसो व्यक्त गरेका छन् ।