Skip to content

कैलालीको एक विद्यालयका वि.व्य.स. अध्यक्षका कार्यले विद्यालय परिवार आजित,कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस

फागुन ८ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.४ मा रहेको श्री सरस्वती माद्यामिक विद्यालयका वि.व्य.स.अध्यक्ष भरत राज जोशीलाई कारबाहीका लागी विद्यालयबाट सिफारिस गरेको पाइएको छ । फागुन ८ गते बिद्यायलयका सहायक प्रधानाध्यापक चक्र बहादुर बयकले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा विद्यालयका अध्यक्षको कार्यले विद्यालय,विद्यार्थी र अभिभावक आजित भएको बताइएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति
यही मिति २०८०/११/०५ गते शनिवारका दिन यस श्री सरस्वती मा.वि. कौवापुरका वि.व्य.स.अध्यक्ष श्री भरत राज जोशी ज्यू बाट विद्यालयमा भएको पटक पटकको पढाइ अवरुद्ध हुने गरी अवाञ्छित क्रियाकलाप भई आएकोले शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरूको भेला बसी वि।व्य।स। अध्यक्षलाई सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गर्ने निर्णय भएपश्चात् उक्त दिन राती विद्यालय कर्मचारीलाई विद्यालय खोल्न लगाइ अनधिकृत रूपमा विद्यालयको छाप प्रयोग गरी वि.व्य.स. का सदस्यहरूलाई छलछाम गरी राती घरमा गई विभिन्न किसिमका निर्णय भएकाले उक्त अध्यक्षको व्यवहार प्रति विद्यालय परिवार घोर भर्त्सना गर्दछ ।
May be an image of ticket stub and text

About The Author