फागुन ३ /कैलाली
सुनौलो महाकाली यातायात प्रा.लि.को बु कपिलवस्तुको सुरईनाका खोलामा बस दुर्घटना भएकमे छ । बस खर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाइते भएका छन् ।
दुर्घटनाका घाइते भएकाहरू मध्ये सामान्य केहीको कपिलवस्तुकै चन्द्रौटामा उपचार भैरहेको छ भने अन्य केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुखका अनुसार सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस महेन्द्रनगरबाट काठमाडौं जाँदै गर्दा कपिलवस्तुको सुरईनाकामा दुर्घटनामा परेको हो । बस सुरईनाका खोलाको पुल पार गर्ने बित्तिकै सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्कालै घटनास्थलबाट समयमै उद्धार गरेको छ । रातिदेखि नै आफूहरू उद्धारका लागि घटनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।