माघ २९/ लम्की
कैलालीको मोहन्याल गाउँपालिकाले जनयुद्ध दिवसको दिन फाल्गुण १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा भनिएको छ राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका साथै सामन्ती, निरङ्कुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएको महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका क्रममा वलिदान प्राप्त गर्नुहुने महान शहिदहरुको सम्झनामा गाउँपालिकाको निर्णयानुसार २०८० फाल्गुण १ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको छ । साथै उक्त दिन महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनमा शहिद, वेपत्ता र घाइते भएका व्यक्तिहरु तथा आफन्तजनहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको हुँदा उपस्थितिका लागि अनुरोध छ ।