Skip to content

जानकी वडा न.२ मा निशुल्क स्वास्थ्य शिविर संचालन;३ सय भन्दा बढीले लिए सेवा

माघ २७/लम्की
कैलालीको पुर्वी क्षेत्रमा पर्ने जानकी गाउँपालिकाको वडा न.२ ले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय भन्दा बढीले सेवा लिएका छन । पदमराज स्मृति प्रतिष्ठानको आयोजनामा वडा नं २मा निस्शुल्क स्वास्थ्य शिविर शनिबार संचालन गरिएको वडा अध्यक्ष चक्र बहादुर बिष्टले जानकारी दिएका छन।

वडामा निशुल्क स्वास्थ्य शिविर संचालन भए पछि बडाका नागरिकहरुमा खुसियाली छाएको छ । वडा नं.२ को समन्वय र पदमराज स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको स्वास्थ्य शिविरमा जानकी गाउँपालिका वडा न.२ का विभिन्न टोलका गरी ३ सय ५० जनाले सेवा लिएका छन ।

About The Author