7.4kViews
1262
Shares
माघ २२/लम्की
कैलालीको लम्कीचुहा नगरपालिकामा एक बाबुले छोरीको जन्मदिनको अवसरमा जिवन बिमा गरिदिएका छन । लम्कीचुहा नगरपालिका वडा न.६ का नेत्र बहादुर थापा र उनकी श्रीमती मञ्जुदेवी थापाले छोरीको जन्मदिनको अवसरमा ५ लाखको जिवन बिमा गरेका छन ।
दैनिक हुने फजुल खर्चलाई कटौती गर्दे छोरीको बिमा गरेको नेत्र थापाले बताएका छन । उनले भने ”बिमा भनेकोआर्थिक बचत संगै अच्च शिक्षाको सहायता,जोखिमको रक्षावरण र भविष्यको सहारा हो” । छोरीलाई दाइजो दिनु भन्दा बिमा गरिदिनु राम्रो हो । नेत्र थापाले छोरी झरनाको जिवन बिमा एसियन लाइफ इन्स्योरेन्समा गरेका छन ।