3.9kViews
1684
Shares
माघ १५ /लम्की
नेपाल कम्युनिष्ट पार्टी(एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन कैलालीको मध्यवती क्षेत्र सुखडमा हुने भएको छ । एमाले कैलालीको १२ औं पुर्ण बैठकले अधिवेशनको स्थान सुखड तोकेको एमाले कैलाली जिल्ला सचिव डेजी पाण्डेले संघीय न्युजलाई जानकारी दिएका छन । आसन्न फाल्गुण ६ र ७ गते कैलालीको मध्यवती क्षेत्र सुखडमा ९ औं जिल्ला अधिवेश हुन लागेको हो ।
पार्टी अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा आलीले अधिवेशनको उद्धघाटन गर्ने कार्यक्रम तयार भएको कैलाली सचिव पाण्डेले बताएका छन । अधिवेशनमा झण्डै ६ सय प्रतिनिधीहरुले भाग लिने छन,प्रतिनिधीहरुको खानाको व्यवस्था समेत पार्टीले गर्ने सचिव पाण्डेले बताएका छन ।