5.1kViews
1036
Shares
माघ ४/ कैलाली
कञ्चनपुरको बेलौरीबाट होटल सञ्चालिकासहित ३ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाइ प्रहरीले मङ्गलवार साँझ अनैतिक अवस्थामा देखेपछी सञ्चालिकासहित ३ जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो।
अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिकासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए।