कृष्ण थापा
माघ ३ /लम्की
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ मा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह सर्बसम्मत निर्वाचित भएका छन । शाह पुनःअध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन । २०७२ सालबाट शाह किसान सहकारी संस्थाको अध्यक्ष छन ।
सहकारी संस्थाको उपाध्यक्षमा टिकेन्द्र बहादुर थापा,सचिवमा लोकराज तिमिल्सैना,कोषाध्यक्षमा मयाराम धमला र सह-सचिवमा दिनेश कुमार चलाउने सर्बसम्मत निर्वाचित भएका हुन । हाल निर्वाचित पदाधिकारीहरुको टीम पुनःपदाधिकारीमा सर्बसम्मत निपर्वाचित भएको हो ।
सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभाबाट सदस्यहरु पनि सर्बसम्मत निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ,सदस्यमा पतिराम चौधरी,जयरुप बुढा,मनिराम न्यौपाने,सरोज कुमार शाह,चन्द्रा सिंह र निर बहादुर शाह सर्बसम्मत निर्वाचित भएका हुन ।
त्यस्तै संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा नृप बहादुर कुँवर सर्बसम्मत निर्वाचित भएका छन भने सदस्यमा कृष्ण बहादुर रावल र देवानन्द बजगाई पनि सर्बसम्मत निर्वाचित भएका छन ।
संस्थाको २९ औं साधारण सभाबाट सहकारी संस्थाको जिल्ल प्रतिनिधीमा नमराज उपाध्याय पनि सर्बसम्मत निर्वाचित भएको साहयक निर्वाचन अधिकृत विष्णु प्रसाद खनालले संघीय न्युजलाई जानकारी दिनु भएको छ ।
