Skip to content

नवोदय साकोसको २२ औं वार्षिक साधारण सभा;मुख्यमन्त्री शाहले गरे उद्धघाटन

पुष २८/लम्की
नवोदय बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नवोदय साकासको २२ औं साधारण सभाको उद्धघाटन गरेका हुन ।

नवोदय साकोसको २२ औं वार्षिक साधारण सभामा सुदूरपश्चिम प्रदेश सभाका सदस्य टीका थापा,लम्कीचुहा नगरपालिकाका उप मेयर जुना चौधरी,लम्कीचुहा नगरपालिका वडा न.१ का अध्यक्ष नेत्र प्रसाद खनाल,वडा न.५ का अध्यक्ष माया बिष्ट,सहकारी बैंक नेपालका केन्द्रिय सदस्य शिवा थापा लगायतले मन्तव्य राखेका थिए ।

नवोदय साकोस सहकारी ऐन २०४८ अन्तर्गत २०५८ सालमा कैलाली जिल्लाको साविक बलिया गा.वि.स.को वडा न.५ चौरीका ३१ जना चेतनशिल युवाहरुको अगुवाईमा स्थापना भएको सहकारी संस्था हो । यसका संस्थापक अध्यक्ष पुर्ण प्रसाद उपाध्याय हुन भने डिल्ली प्रसाद गड्तौला २०७५ साल देखि हाल सम्म संस्थाको अध्यक्ष छन ।

नवोदय साकोसले आर्थिक वर्ष २०७९/०८० मा ४ लाख ९९ हजार ३१७ रुपैयाँ ४० पैशा खुद नाफा गरेको छ । यो संस्थामा १ जना व्यवस्थापक,१ जना लेखा सहायक,१ जना कर्जा सहायक र ४ जना बजर प्रतिनिधी गरि ७ जना कर्मचारीहरु रहेका छन ।

About The Author