Skip to content

किसान सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह पुनः निर्वाचित;सदस्यमा सहमती हुन बाँकी

कृष्ण थापा
पुष २८ /लम्की

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ मा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह सर्बसम्मत निर्वाचित भएका छन । शाह पुनःअध्यक्षमा सर्बसम्मत निर्वाचित भएका हुन । २०७२ सालबाट शाह किसान सहकारी संस्थाको अध्यक्ष छन ।

पदाधिकारी सर्बसम्मत निर्वाचित
लम्कीचुहा नगरपालिका वडा नं.१ मा प्रधान कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभाबाट पदाधिकारीहरु सबै सर्बसम्मत निर्वाचित भएका छन । सहकारी संस्थाको उपाध्यक्षमा टिकेन्द्र बहादुर थापा,सचिवमा लोकराज तिमिल्सैना,कोषध्यक्षमा मयाराम धमला र सह-सचिवमा दिनेश कुमार चलाउने सर्बसम्मत निर्वाचित भएका हुन । हाल निर्वाचित पदाधिकारीहरुको टीम पुनःपदाधिकारीमा सर्बसम्मत निपर्वाचित भएको हो ।

लेखा र जिल्ला प्रतिनिधी पनि सर्बसम्मत
किसान बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिक साधारण सभाबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा नृप बहादुर कुँवर सर्बसम्मत निर्वाचित भएका छन । कुँवर यस भन्दा पहिले पनि लेखा सुपरीवेक्षण समितिको संयोज रहेका थिए । त्यस्तै २९ औं साधारण सभाबाट सहकारी संस्थाको जिल्ल प्रतिनिधीमा नमराज उपाध्याय पनि सर्बसम्मत निर्वाचित भएका छन । सहकारी संस्थाको पदाधिकारी सहित निर्वाचित टीमको निर्वाचन आयोगले घोषणा गर्न भने बाँकीनै छ ।

६ पदमा १४ जनाको उम्मेदवारी
किसान सहकारी संस्थामा ६ जना सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा पतिराम चौधरी,जयरुप बुढा,शिव बहादुर स्वार,मनिराम न्यौपाने,सरोज कुमार शाह,चन्द्रा सिंह,उमाकान्त जैशी तिमिल्सैना,खर प्रसाद अधिकारी,खेमराज न्यौपाने,निर बहादुर शाह,यम पोख्रेल,रमा खड्का,लोग बहादुर देउवा र हरी प्रसाद गौतम रहेको छ ।

About The Author