Skip to content

सुर्खेतको हर्रेमा गाडी दुर्घटना १ जनाको मृत्यु

पुष २६/ लम्की
सुर्खेतको हर्रेमा गाडी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा न.११ का अन्दाजी २३ वर्षका रोशन चौधरीको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ ।

सुर्खेतबाट नेपालगंज आउदै गरेको पञ्चकोशी ज्वाला यातायत प्रा.लि.को भे १ ख ३६३० नम्बरको मिनीबस आज दिउसो १ बजेर ५६ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । अछामबाट काम गरेर घर फर्किदै गरेका बर्दियाका २६ जना दुर्घटनामा परेका हुन । दुर्घटनामा परेका मध्य ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको नेपालगंज मेडिकल कलेमा उपचार भइरहेको छ ।

टायर पन्चर भएर दुर्घटना भएको मिनीबसका ड्रइभर सहित ७ जना गम्भिर घाइते भएका छन ।