कृष्ण थापा
पुष २६ /कैलाली
प्रतिनिधी सभामा प्रत्यक्ष निर्वाचित १६५ जना संघीय सांसदहरुले रोजेको निर्वाचन क्षेत्र रणनितिक महत्वको सडक अन्तर्गतको एउटा सडक हो ,चिसापानी कुइने सडक खण्ड । कैलाली निर्वाचन क्षेत्र न.२ बाट प्रतिनिधी सभामा प्रत्यक्ष निर्वाचित सांसद झपट बहादुर रावलले चिसापानी कुइनने,जंगलघाट हुदै अछामको मंगलसैन जोड्ने सडकलाई निर्वचन क्षेत्र रणनितिक महत्वको सडकका रुपमा छनोट गरेका थिए ।
लम्कीचुहा नगरपालिका वडा न.३ को चिसापानी देखि मोहन्याल गाउँपालिका वडा न.७ को कुइने सम्मको १६ किलोमिटर सडक निमार्णको लागी रुख कटानको मन्त्रीपरिषदले आदेश दिएको छ । चिसापानी देखि कुइने सम्म ८.९२ हेक्टर वन क्षेत्रमा पर्ने ४७२ प्रजातिका रुखहरु कटान गरि सडक निर्माण गर्न वन मन्त्रालयको २०८० साल पुष ४ गतेको टिप्पणी पश्चात मन्त्रीपरिषदले २०८० साल पुष २४ गते रुख कटान गर्ने आदेश दिएको हो ।

सडक शिलान्यासको डेढ वर्ष पछि रुख कटानको आदेश
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.३ को चिसापानी देखि मोहन्याल गाउँपालिकाको वडा नं.७ को कुइने सम्म निर्माण हुने ११ किलोमिटर सडकमा पर्ने रुखहरु खटान गर्ने आदेश,सडक शिलान्यस गरेको झण्डै १.७ वर्ष पछि आएको छ । कैलाली क्षेत्र नं.२ बाट निर्वाचित तत्कालिन सांसद झपट बहादुर रावलको निरन्तरको पहल र वर्तमान सांसद अरुण कुमार चौधरीको प्रयासले सार्थकता पाएको छ ।
२०७९ साल साउन २३ गते तत्कालिन प्रतिनिधी सभा सांसद झपट बहादुर रावलले सडकको शिलान्यास गरेका थिए । सडक निर्माणको लागी सरकारले २५ करोड बजेट छुट्याएको थियो । दिव्यजोती शाही जेभीले १२ करोड ८० लाख ८१ हजार ३५७ रुपौयाँमा चिसापानी देखि कुइने सम्मको ११ किलोमिटर सडक निर्माणको ठेक्का पाएको थियो । सडक निर्माण कम्पनी दिव्याजोती शाही जेभीले २०८१ साउन १८ गते सम्म सडक निर्माण गरिसकनु पर्ने भएता पनि सरकारले रुख कटानको आदेश दिन ढिलो गर्दा चिसापानी कुइने सडक खण्डमा १० प्रतिसत पनि काम भएको छैन ।
वन मन्त्रालयको विकास विरोधी ऐनले काम ढिलो हुन पुग्यो ; झपट रावल
वन मन्त्रालयको विकास विरोधी ऐनका कारणले चिसापानी कुइने सडक खण्डको काम ढिलाई भएको कैलाली क्षेत्र नं.२ का निवर्तमान सांसद झपट रावलले बताएका छन ।
वन मन्त्रालयका कर्मचारीहरुले देशमा विकास हुन नदिएको रावलको धारण छ । जनताको चाहाना एकातिर छ भने वन मन्त्रालय र त्यस मन्त्रालयमा कार्यरत कर्मचारीहरुको गलत मनसाय र विकास विरोधी प्रवृतीले गर्दा रुख कटानको आदेश ढिलो आएको निर्वतमान सांसद झपट रावलले बताए उनले भने”हाम्रो देशमा एउटा वन मन्त्रालय छ जसले देशमा सडक निर्माण देखि अन्य विकासका ड्रिम योजनाहरु कसरी असफल बनाउने भनेर ऐन बनाउछ,जनताको करमा राज गरेका कर्मचारीहरु जनताका लागी हुने विकास निर्माणका कार्यहरुका बादक बनिदिन्छन” । आफ्नो निरन्तरको फ्लोअफले गर्दा वन मन्त्रालयले रुख कटानको टिप्पणी मन्त्री परषदमा पठाएकोर मन्त्री परिषदले रुख कटानको आदेश दिएको रावले बताए ।
एदी वन मन्त्रालयले रुख कटानको आदेश नदिएको भए एक घर एक व्याक्ति,एक व्याक्ति एक बन्चरो अभियानको आफुले नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्ड र वन मन्त्री संगै मन्त्रालयका सचिवलाई जानकारी गराएको बताएका रावलले मन्त्री परिषदको रुख कटानको आदेशले सडक निर्माणको कार्यले तिव्रता लिने विश्वास गरेको बताएका छन ।
कैलालीको चिसापानी देखि अछाम जिल्लाको सदरमुकाम मंगलसैन सम्म १२४ किलोमिटर मात्रै दुरी भएको यो सडक निर्माणले आम जनताहरुमा यात्रा गर्न सहज हुने झपट रावलले बताए ।
सडक निर्माण तिव्र हुनु पर्छ ; अरुण चौधरी
कैलाली क्षेत्र नं.२ का सांसद अरुण कुमार चौधरीले मन्त्री परिषदले रुख कटानको आदेश दिए संगै चिसापानी कुइने सडकको निर्माण कार्यले तिव्रता लिनु पर्ने बताएका छन । जनताका मुद्यामा आफु सधै जनता संगै रहेको बताएका सांसद चौधरीले वन मन्त्रालयको ढिला सुस्तीले सडक निर्माणमा ढिलाई भएको बताए ।
सडक निर्माणले तिव्रता लिन्छ ; निर्माण व्यवसायी
चिसापानी कुइने सडको निर्माणको जिम्मा लिएको निर्माण कम्पनी दिव्यजोती शाही जेभीका साइड इन्र्चाज अर्जुन रावले रुख कटानको आदेश आए संगै सडक निर्माणको कार्यले तिव्रता लिने बताएका छन । संघीय न्युज संगको संवादमा इन्चार्ज रावलले रुख कटानको आदेश ल्याउन सहयोग गर्ने निर्वतमान सांसद झपट बहादुर रावल संगै सांसद अरुण चौधरीलाई धन्यावाद दिएका छन । वन मन्त्रालयले रुख काटानको आदेश दिन धेरै समय लगाएकाले सडक निर्माणमा ढिला सुस्ती भएको साइड इन्चार्ज रावलले बताएका छन ।





