Skip to content

राष्ट्रिय सभा सिट भागबन्डा गर्न गठबन्धनको बैठक जारी;सिट बाँडफाँटमा ए.समाजवादीको असहमति

पुस २२/कैलाली
राष्ट्रिय सभाको सिट बाँडफाँट गर्नका लागी सत्ता गठबन्धनको बैठक जारी छ । शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन् ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् । शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ । तर त्यसमा एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ ।

राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसले गठबन्धनलाई आजै भागबन्डा टुंगो लागउन दबाब छ ।

About The Author