Skip to content

कैलालीका पाँच स्थानीय तह लालपुर्जा वितरण गर्ने तयारीमा

कृष्ण थापा
पुष २० /लम्की

कैलालीका पाँच वटा स्थानिय तहमा लालपुर्जा वितरण गर्ने तयारी भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका,भजनी नगरपालिका,गोदावरी नगरपालिका,धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा लालपुर्जा वितरण गर्ने तयारी गरिएको हो ।

राष्ट्रिय भूमि आयोग, कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले अव्यवस्थित बसोवासी, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने एक वर्ष भित्र सक्ने बताएका छन्। अध्यक्ष उपाध्यायले भने,हामी १ वर्ष भित्र कैलालीका १३ वटै स्थानिय तहमा लालपुर्जा वितरण गर्ने लक्षका साथ काम गरिरहेका छौ । माघको पहिलो साताबाट लम्कीचुहा नगरपालिका,भजनी नगरपालिका,गोदावरी नगरपालिका,धनगढी उपमहानगरपालिका वडा न.१५ र कैलारी गाउँपालिकामा लालपुर्जा वितरण गर्ने तयारी भएको छ ।

कैलालीमा अव्यवस्थित बसोवासीको सङ्ख्या सबैभन्दा बढी १ लाख १० हजार ६०५ छ भने भूमिहीन दलितको सङ्ख्या ८ हजार ९७३ छ। यसैगरी, ११ हजार १२३ जना भूमिहीन सुकुम्वासीले राष्ट्रिय भूमि आयोगले उपलब्ध गराएको फाराम भरेका छन्। बिगताका सुकुम्वासी आयोगले अधुरो छोडेका ३ हजार ७५४ सहित १ लाख ३४ हजार ४५५ जनालाई कैलालीमा राष्ट्रिय भूमि आयोगले जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने छ। व्यवस्थित बसोवासीहरूलाई सहरी क्षेत्रमा १३० वर्गमिटर अन्य क्षेत्रमा आवासका लागि १ हजार वर्गमिटर र कृषि क्षेत्रमा १० हजार वर्गमिटर जग्गा दिइनेछ।

About The Author