पुष १६/ लम्की
कैलालीको जानकी गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा नेत्र प्रसाद जैशीेलाई सम्मान गरेको छ । जानकी गाउँपालिकाको १३ औं गाउँ सभामा जैशीेलाई पालिका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमती देवी कठरियाले सम्मान गरेका हुन । जैशी पालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा प्रमुख हुन ।

स्थानीय सेवा पुरस्कार सम्बन्धी कार्यविधि २०८० बमोजिम पालिकाले अन्य ४ जना कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा अधिकृतस्तरमा स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी,श्रेणी विहीनस्तरमा कार्यालय सहयोगी रेश्मा चौधरी,वडा स्तरमा वडा नं. १ का वडा सचिव तिर्थ बहादुर डंगौरा,स्वास्थ्य सेवा तर्फ दुर्गौली स्वास्थ्य चौकी प्रमुख पदम सिंह परियार,शिक्षा क्षेत्रमा अरुणोदय मा.वि.जानकी ९ खैरीफाँटाका प्रधानाध्यापक कपिलराज भाट सम्मानित भएका छन ।

जानकी गाउँपालिकाको स्थानीय स्तरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तित्व तथा संस्थाहरुलाई समेत पालिकाले सम्मान गरेको छ । उत्कृष्ट कृषक समूह तर्फ कोसेली कृषक समूह, जानकी ३ सुवर्णपुर, उत्कृष्ट पशुपालन कृषक तर्फ टिया पशुपंक्षी पालन फर्म जानकी५ पथरैया, उत्कृष्ट निर्माण व्यवसायी तर्फ राज निर्माण सेवा प्रा.लि.टीकापुर १ कैलाली,उत्कृष्ट करदाता तर्फ मालिका ईस्टिल्स प्रा.लि. जानकी ८ कैलाली सम्मानित भएका छन । त्यस्तै पालिकाले उत्कृष्ट स्वास्थ्य स्वयंसेविका तर्फ जानकी कुमारी चौधरी, जानकी ८ कैलाली सम्मान गरेको छ ।