
कालीकोट । जिल्लाको सदरमुकाम मान्म बजारमा साउने संक्रान्तीको अवसरमा देउडा खेल सुरु भएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते बिदा साउने संक्रान्ती बिदा दिएपछि पहिलो पटक देउडा खेलको आयोजना गरिएको हो । लोक संस्कृति जोगाउने हाम्रो अभियान, उत्कृष्ट देउडा सर्जकलाई सम्मान भन्ने मुल नाराको साथ कर्णाली देउडा प्रतिष्ठान नेपाल वीरेन्द्रनगर सुर्खेतले देउडा खेलको आयोजना गरेको हो । लोक सस्कृति जोगाउने हामो अभियान उत्कृष्ट देउडा सर्जकलाई सम्मान भन्ने नाराका साथ कालीकोटमा बृहत देउडा दिवस मनाईएको छ । कर्णाली प्रदेशको कालीकोटमा पहिलो पटक देउडा दिवस मनाइएको हो ।
विपत व्यवस्थापन सुशासन र बाल विवाह न्यूनिकरण सम्बन्धि कालीकोटमा पहिलो पटक देउडा दिवस २०८० को अवसरमा आयोजित बृहत देउडा खेल प्रर्दशन कार्यक्रम गरिएको हो । कर्णाली देउडा प्रतिष्ठान नेपालका अध्यक्ष नेत्रराज शाहीको अध्यक्षता प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस कर्णाली प्रदेशका प्रमुख सचेतक हिक्मत बहादुर विष्टको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही र प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको विशेष आतिथ्यतामा देउडा दिवस मनाइएको हो ।
देउडा दिवसको अवसरमा प्रमुख अतिथि विष्टले स्वर्गिय अनिपाल शाहीलाई स्मरण गरेका थिए । उनले कर्णालीकै देउडामा अमर अनिपाल शाहीलाई देउडा दिवसको अवसरमा सम्झेका थिए । प्रमुख अतिथि विष्ट देउडा खेलमा अनिपाल शाहीको खेल हेर्नका लागि हजारौ मान्छेको भिड हुन्थ्यो उनलाई देउडा सम्राटको उपाधि दिइएको थियो सम्राटको छोरा पनि सम्राट भएको देख्दा खुसी लागेको बताए । उनले राजाको छोरा राजा भएजस्तै सम्राटको छोरा सम्राट भएको देख्दा आफु खुसी भएको बताए ।
उनले देउडाको संरक्षण गर्न आफुले पहल गर्ने बताए । देउडा विद्या अलग विद्या भएकाले सवैले यसलाई संरक्षण गर्नुपर्ने धारणा राखे । उनले अन्य गित भन्दा देउडामा विरह, बेदना, माया, तार्किक सवै कुरा समेटिएको हुन्छ त्यस्तैले सवैको मनमनमा बस्न सफल भएको विद्या देउडा भएकाले सवैले संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका ८ जिल्लाका देउडा खेलाउडा खेलाउडी सहित छिमेकी जिल्लाबाट पनि खेलाउडा खेलाउडिको उपस्थिति रहेको छ । देउडा दिवस सोमबार र मंगलबार संचालन गरिने छ । दिवसकै अवसरमा कालीकोटका खेलाउडालाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।