Skip to content

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको आज सुनुवाइ

    2.8kViews
    1352 Shares

    कार्तिक २३ /कैलाली
    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ आज तोकिएको छ । टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा कैद सजाया भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाया माफी मिनाहा गरेका थिए ।

    चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।शारदाले दिएको रिटको आज सुनुवाइ तोकिएको हो ।