5.5kViews
1959
Shares
कार्तिक २०/लम्की
कैलालीको लम्कीमा विद्युतिय स्कुटरको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन्। लम्कीचुहा नगरपालिका वडा न.२ मोटीपूर स्थित भित्रि सडक खण्डमा ३४ वर्षीय वासुदेव भाटले चालएको स्कुटरको ठक्करबाट सोही ठाउँका २ जना पैदलयात्री घाइते भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
ठक्करबाट घाइते हुनेमा लम्कीचुहा नगरपालिका वडा न.२ का ३० वर्षीया लक्ष्मी धामी र ५० वर्षीया आइती चलाउनी रहेको प्रहरीले बताएको छ। घाइते लक्ष्मीको लालरत्न अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको जनाइएको छ। चलाउनेको भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको बताएको छ।