Skip to content

सुदूरपश्चिम प्रदेश सरकारद्धारा कार्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामाग्री दिने निर्णय

    6.0kViews
    1192 Shares

    कार्तिक १८/ कैलाली
    सुदूरपश्चिम प्रदेश सरकारले कर्णाली प्रदेशसरकारलाई १ करोडको स्वास्थ्य सामाग्री पठाउने निर्णय गरेको छ । हिजो राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न १ रामीडाँडा केन्द्र बिन्न्दु भएर गएको भुकुम्पका कारण भएको मानविय क्षती र भौतिक क्षती प्रती सुदूरपश्चिम प्रदेश सरकार दुख ब्यक्त गरेको छ ।

    प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कर्णाली प्रदेश सरकारलाई सहायता पुग्ने गरि तत्काल १ करोडको स्वास्थ्य सामाग्री सहित २० जनाको चिकित्सक टोली आजै पठाउने निर्णय गरेको छ ।