असो ११ /लम्कीः नेकपा माओवादी(केन्द्र)को सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल (महेश) को निधन भएको छ । लामो समय देखि निमोनियाको बिरामी रहेका बडुवालको असोज ११ गते बिहान ३ बजे तिर निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा न.५ निवासी बडुवाल,माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए । स्वास्थ्यमा सुधार नभएपछि उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगंञ्जमा पनि उपचार सम्भव नभए पछि बडुवाललाई थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
जनताको माझ निकै लोकप्रिय बडुवाल कुशल संगठक समेत थिए । जनजागृती मा.बि.चौरीको निवर्तमान बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बडुवालको निधनले कैलाली बासी दुःखी छन ।
आजै दाहासस्कार गरिने
नेकपा माओवादी (केन्द्र)का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्ण बडुवालको आजै दाहासस्कार गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार करिब १ बजे चौरी घर बाट शव निकालीने छ भने २ बजे मोतिपुर चोकमा श्रद्धाञ्जली कार्यक्रम रहने छ त्यस पश्चात बडुवालको आजै कर्णाली चिसापानीमा दाहासस्कार गरिने छ ।