Skip to content

लागुऔषधसहित जोशीपुरका दुई युवक पक्राउ

    3.0kViews
    1859 Shares

    असोज ९/लम्कीःकैलालीको धनगढीबाट लागुऔषधसहित जोशीपुरका दुई युवक पक्राउ परेका छन् ।

    मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोलीले लागुऔषधसहित दुबै जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नं। ४ बोराडाडीको भित्री सडकखण्डबाट दुबै जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जोशीपुर गाउँपालिका वडा नं. ७ का २२ वर्षीय विनय कुवँर र सोही पालिकाको वडा नं. २ का २२ वर्षीय दिनेश रावत लागुऔषधसहित पक्राउ परेका हुन् ।

    एक ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर नुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।