5.6kViews
1498
Shares
असोज ९/लम्कीः लायन्स क्लब कैलाली लम्कीका संस्थापक अध्यक्ष लायन डिल्ली प्रसाद गड्तौलाले विपन्न परिवारको घरमा धारा जडान गरि दिएका छन । मंगलवार गड्तौलाले लम्कीचुहा नगरपालिका वडा न.१ को थपालीपुरका स्वर्गीय धर्म भण्डारीको घरमा पानीको धारा जडान गरिदिएका हुन ।

लम्कीचुहा नगरपालिका वडा न.१ का अध्यक्ष नेत्र प्रसाद खनालले आर्थिक अवस्था निकै कम्जोर भएका भण्डारी परिवार धारा जडान भई सके पछि निकै खुसी भएको बताएका छन । वडा कार्यलयबाट पनि गर्न सकिने सबै खाले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका खनालले गड्तौला जस्ता मनकारी मानवको समाजमा खाचो रहेको बताएका छन ।
स्वार्गिय भण्डारीका दुई वटा श्रीमती,दुई छोरी र दुई छोरा छन । विगत १०/ १२ वर्ष देखि आर्थिक संकटका कारण धारा जडान गर्न नसकेका भण्डारी परिवारले अब धाराको स्वाच्छ पानी पिउन पाउने छन ।