Skip to content

टीकापुरमा निशुल्क प्लाष्टिक सर्जरी शिविर सञ्चालन

    4.2kViews
    1661 Shares

    असोज ७ /टीकापुरः कैलालीको टीकापुर नगरपालिकामा आज आइतवारबाट निशुल्क प्लाष्टिक सर्जरी स्वास्थ्य शिविरको संचालन गरिएको छ । टीकापुर नगरपालिकाको आयोजनामा सुरु भएको निशुल्क प्लास्टिक सर्जरी शिविरलाई सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, काठमाडौको प्राविधिक सहयोगमा रहेको छ ।

    प्रतिनिधि सभा सदस्य रुपा स्वसी थारुले उद्धघाटन गर्नु भएको शिविर ४ दिन सम्म संचालनमा अउने छ । शिविरमा ओठ तथा तालु चिरिएका, खुडे तथा आगोले पोलेर एक भाग अर्को भागसँग जोडिएको कुँजो भएका मानिसहरूको उपचार गरिने टीकापुर नगरपालिका मेयर रामलाल डंगौरा थारुले संघीय न्युजलाई जानकारी दिनु भएको छ ।