1.5kViews
5
Shares
बैशाख २७/काठमाडौँ- नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मैजुबहालस्थित खाण निवासबाट उनलाई पक्रेको विशेष स्रोतले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ । प्रहरी उच्च स्रोतका अनुसार पुर्व गृहमन्त्री खाणलाई प्रहरी परिसर टेकु लगिएको छ । उनीमाथि सोधपुछ गरेर आजै जिल्ला अदालतमा म्याद थपका लागि लगिने तयारी रहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो । सचिव टेकनारायण पाण्डेको बयानपछि खाणलाई पक्रेको हो । खाण गृहमन्त्री हुँदा पाण्डे गृहसचिव थिए ।